२०८३ बैशाख २० गते , आईतबार
आत्मदाह प्रयास गरेकी मायाको उपचारको क्रममा मृत्यु
बिर्तामोड । झापाको बुद्धशान्तिमा गत शुक्रबार साँझ छोरीसहित आत्मदाह प्रयास गरेकी मायाको आज मृत्यु भएको छ । पाँच बर्षीया छोरी बर्षाको शनिबार उपचारको क्रममा बीएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।
शरीरको धेरै भाग जलेर गम्भीर घाइते मायालाई बीएण्डसी अस्पताल लगिएकोमा आइतबार प्रादेशिक अस्पताल भद्रपुर लगिएको र उपचारको क्रममा बुधबार बिहान ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
बुद्धशान्ति–२ गोपालडाँडाकी २८ बर्षीया मायाले श्रीमानको परस्त्रीसँग सम्बन्ध रहेको भन्दै सुसाइड नोट लेखेर शरीरमा पेट्रोल खन्याएकी थिइन् ।
शुक्रबार बिहानै ज्यामी काममा निस्किएका राजनलाई बेलुका घर फर्कने क्रममा बुधबारे बजारबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।