प्रजातन्त्र दिवसको अवसरमा मुक्ति चोकमा दीप प्रज्वलन
बिर्तामोड । आज ७४औँ प्रजातन्त्र दिवसको अवसरमा झापाको बिर्तामोडमा दीप प्रज्वलन गरिएको छ ।
बिर्तामोडको मुक्तिचोकमा लायन्स क्लब अफ बिर्तामोड लेडीले नेपालको राष्ट्रिय झण्डा बनाएर दीप प्रज्वलन गरेको थियो । संक्षिप्त कार्यक्रममा उनीहरुले रातो र चन्द्र सूर्य गीतसमेत गाएका थिए । कार्यक्रममा अध्यक्ष निरु उप्रेती ओली, महासचिव संगिता चिमरिया, सहसचिव कल्पना बानिँया, सदस्य आशा बानियाँ, देवि थापा, दिपमाला कार्कीलगायत उपस्थित थिए ।
कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओली, निवर्तमान अध्यक्ष संगिता गिरी, पूर्व अध्यक्ष कञ्चना सिटौला, नेपाल जेसीजकी पूर्व उपाध्यक्ष स्वष्तिका आचार्यलगायतको सहभागिता रहेको थियो ।
त्यस्तै अनेरास्ववियू बिर्तामोड नगर कमिटी र छठ महिला मञ्चले पनि दीप प्रज्वलन गरेका थिए ।
अनेरास्ववियूले संक्षिप्त कार्यक्रमसमेत गरेको थियो । अनेरास्ववियू झापा अध्यक्ष बलराम गिरीलगायत उपस्थित थिए ।