२०८३ बैशाख २० गते , आईतबार

ट्याक्टरको ठक्करबाट घाइते हल्दिबारीका दिनेश राजवंशीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ७ गते , सोमबार
ट्याक्टरको ठक्करबाट घाइते हल्दिबारीका दिनेश राजवंशीको मृत्यु

बिर्तामोड झापाको हल्दिबारी गाउँपालिका रामलाल चोकमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय दिनेश राजवंशीको मृत्यु भएको

शनिबार १२ बजे रामलाल चोकस्थित भद्रपुरहल्दिबारी  सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को   ५०४६ ट्याक्टरले विपरित दिशाबाट आउँदै गरेको ना १७ १०३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ४२ बर्षीय राजवंशीको उपचारको क्रममा सोमबार साढे बाह्र बजे प्रादेशिक अस्पताल भद्रपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकोछ

दुर्घटनाबाट टाउकोमा चोट लागि गम्भीर घाइते मोटरसाइकल चालक ४२ बर्षीय राजवंशीलाई ओमसाई पाथीभरा अस्पताल भद्रपुर पठाइएकोमा थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थप उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिप्रका झापाका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए

दुर्घटना गराएर फरार भएका ट्याक्टर चालक भद्रपुर का २३ बर्षीय सबिन जोगीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको जनाएको  

सम्बन्धित समाचार