२०८३ बैशाख २० गते , आईतबार

व्यवसायीक हितमा काम गर्न मेरो उम्मेदवारी : राकेशकुमार सिंह

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ७ गते , सोमबार
व्यवसायीक हितमा काम गर्न मेरो उम्मेदवारी : राकेशकुमार सिंह

बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडको आसन्न निर्वाचनका लागि व्यवसायीहरु यतिबेला सबल नेतृत्वको खोजीमा छन् स्थापनाको चौथो कार्यकालका लागि उवा संघले आगामी फागुन १४ गतेको निर्वाचनबाट नयाँ नेतृत्व पाउँदैछ १९ पदका लागि ३९ उम्मेदवार यतिबेला व्यवसायीहरुको घरदैलोमा पुगिरहेका छन्

परिवर्तित समय, आर्थिक मन्दीबाट थलिएको व्यवसायीक क्षेत्रको उचित सम्बोधनका साथ काम गर्ने नेतृत्व खोजी गर्ने बिषयमा व्यवसायीहरु आपसमा छलफलमा जुटेका छन् पूर्वकै प्रमुख व्यवसायीक क्षेत्र बिर्तामोडको आगामी नेतृत्वले उवा संघलाई साझा छाता संस्थाको रुपमा अगाडी बढाउनु पर्ने अधिकांश व्यवसायीहरुको भनाइ उवा संघलाई राजनीतिभन्दा पर राखेर विशुद्ध व्यवसायीक क्षेत्रमा काम गर्नुपर्ने व्यवसायीहरु बताउँछन्

उत्कृष्ट सबल नेतृत्व खोजी भइरहेको उद्योग वाणिज्य संघ बिर्तामोडको निर्वाचनमा सदस्य पदका लागि राकेशकुमार सिंहले आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेका छन् उवा संघ बिर्तामोडका संस्थापक सदस्य सिंह विगत २५ बर्षदेखि व्यवसायीक क्षेत्रमा आबद्ध छन् हाल उनी नेसनल रेफ्रिजेरेटर एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक हुन् बिर्तामोडको सामाजिक, राजनीतिक व्यवसायीक क्षेत्रलाई गहिरो अध्ययन गरेका युवा व्यवसायी सिंह उद्योग वाणिज्य संघलाई सबैले साझा छाता संस्थाको रुपमा महशुस गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछन्

नेपाल रेफ्रिजेरेटर एण्ड इलेक्ट्रोमेकानिकल संघ (नेरेमा)को पूर्वाञ्चल इकाइमा बर्ष अध्यक्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेका सिंह हाल केन्द्रीय सञ्चालक सदस्य छन् सहयोगी, मिलनसार हँसिला उनी व्यवसायीहरुमाझ लोकप्रिय छन् व्यवसायीक हितका लागि सदैव लागिपर्ने सिंह उवा संघले ठोस कार्यक्रम बनाएर व्यवसायीक हितका लागि काम गर्नु पर्ने बताउँछन् बिर्तामोडमा विगतको नेतृत्वले व्यवसायीक क्षेत्रमा उदाहरणीय काम गर्न नसकेका कारण संघप्रति नै व्यवसायीहरु निराश बन्ने अवस्था सिर्जना भएको धारणा व्यक्त गर्छन

दुई दशकदेखि बिर्तामोडको व्यवसायीक क्षेत्रलाई नियालेका सिंह व्यवसायीहरुको पीडा मर्मलाई राम्रोसँग बुझेका कारण उवा संघमा काम गर्न सहज हुने बताउँदै आगामी फागुन १४ गते हुने निर्वाचनमा आफुलाई विजयी गराउन सबैलाई आग्रह गर्दछन्

सम्बन्धित समाचार