२०८३ बैशाख २० गते , आईतबार

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कार वितरण

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन ५ गते , शनिबार
जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषद्वारा पुरस्कार वितरण

बिर्तामोड झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमकाबीच फरक फरक विधाका जनालाई सम्मान तथा पुरस्कृत गरिएको  

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष झापाले विगत वर्षमा वितरण गर्दै आएको वर्षोत्कृष्ठ पुरस्कार अन्तरगत साहित्य, पत्रकारिता तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको हो

सम्मानित हुनेहरुमा बर्षोत्कृष्ठ कृति पुरस्कारबाट झापा भद्रपुरका होम सुवेदी, विष्णुचन्द्र पद्मा बिशेष प्रतिभा सम्मानबाट साहित्यकार पुन्यप्रसाद खरेल, धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट जोस्ना श्रेष्ठ अपाङ्गता भएका व्यक्तिहरुबाट पदम अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको हो

संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि भट्टराईले पुरस्कृत व्यक्तित्वलाई सम्मान प्रदान गरे साहित्य पत्रकारिता पुरस्कारको राशी जनही २५ हजार नगद रहेको भने अपाङ्गता विशेष पुरस्कारको राशी ११ हजार रहेको बताइएको

संस्थाका उपाध्यक्ष विष्णुकुमार भट्टराईले पुरस्कृत प्रतिभाको घोषणा गरेको कार्यक्रममा कृतिकारका बारेमा साहित्यकार कोमल पोखरेलले प्रकाश पारेका थिए

संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराई, विशेष अतिथिहरु मोहन भण्डारी, खगेन्द्रप्रसाद प्रसाई, पुरस्कृत व्यक्तित्वहरु सुवेदी, खरेल, श्रेष्ठ अधिकारी लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन स्वस्तिका आचार्य सिटौलाले गरेकी थिइन् सोही कार्यक्रममा होम सुवेदीद्वारा लिखित छताछुल्ल कृतिको समेत विमोचन गरिएको कार्यक्रमका प्रमुख अतिथिसहित उपस्थित अतिथिहरुले कृतिको लोकार्पण गरेका थिए

२०५९ सालमा स्थापित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले वर्षेनी साहित्य पत्रकारिता क्षेत्रमा सम्मान पुरस्कार प्रदान गर्दै आएको

सम्बन्धित समाचार