प्रहरी हवल्दारहरुलाई दर्ज्यानी चिन्ह प्रदान
बिर्तामोड । प्रहरी हवल्दार पदमा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । झापामा दरबन्दी भई विभिन्न स्थानमा कार्यरत रहेका २८ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
फागुन १ गतेको प्रहरी उपरीक्षकको निणर्यले सहायक प्रहरी हवल्दारबाट प्रहरी हवल्दारमा उनीहरु बढुवा भएको नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोतविकास विभागले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा शुक्रबार दर्ज्यानी चिन्ह प्रदान गरिएको कार्यालयका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।
बढुवा हुनेहरुमा निर्मला पाण्डे, युवाकाजी घिमिरे, डिग बहादुर कार्की , बबिता गुरुङ , धन बहादुर मगर, शिब कुमार चौधरी , सिताराम श्रेष्ठ, हरि प्रसाद खनाल , सदानन्द मेहता , राजु गुरुङ , नबिन राजबंशी, कल्पना कुमारी बुढाथोकी , दिलिप कुमार राई , बुद्द देव साह , युबराज श्रेष्ठ, अनिता कुमारी माझी, देबी बहादुर कुइकेल, धन्नजय थापा, बिनोद कुमार मण्डल, मनेश थारु, भगतलाल चौधरी, जय प्रकाश चौधरी र लक्ष्मी खड़का रहेका छन् ।
उनीहरुलाई जिप्रका झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।