२०८३ बैशाख २० गते , आईतबार

बास्कोटा समाज सेवा समिति झापाको अध्यक्षमा लक्ष्मीप्रसाद

sajilo news
परिवेश मिडिया
२०८० माघ २८ गते , आईतबार
बास्कोटा समाज सेवा समिति झापाको अध्यक्षमा लक्ष्मीप्रसाद

बिर्तामोड शनिबार सम्पन्न बास्कोटा समाज सेवा समिति झापाको प्रथम जिल्ला अधिवेशन तथा साधारणसभाबाट लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको

समितिको उपाध्यक्षद्वयमा रिता कमल बास्कोटा चयन भएका छन् सचिवमा दिनेशकुमार, सहसचिवमा राम कोषाध्यक्षमा अभिचन्द्र बास्कोटा चयन भएका हुन् नरेशमणि, पिताम्बर, लक्ष्मी, भुवन, जनार्दन, डम्बर, मुनादेवि, डिल्लीराम लक्ष्मीप्रसाद बास्कोटा सदस्यमा चयन भएका छन् नयाँ कार्य समितिको पदावधि तीन बर्षको हुनेछ

अधिवेशन शिवसताक्षी नगरपालिका १० माइधारमा प्रतिष्ठान निर्माणका लागि समितिले खरिद गरेको जग्गामा भएको नवनिर्वाचित अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए

कार्यक्रममा बास्कोटा समाजका प्रथम वंशावली लेखक मोहनप्रसाद बास्कोटालाई सम्मान गरिएको थियो

बास्कोटा समाजका केन्द्रीय अध्यक्ष तथा कौडिण्य गोत्रीय महासमाजका महासचिवसमेत रहेका वरिष्ठ अधिवक्ता विष्णुप्रसाद बास्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिवसताक्षी १० का वडाध्यक्ष हर्ष सिगु, न्यौपाने समाज झापाका अध्यक्ष मेदनी न्यौपाने, कौडिण्य महासमिति प्रदेश सचिव ज्ञाननाथ बास्कोटा, संग्रौला समाज झापाका बेनुप्रसाद संग्रौलालगायतले स्वागत मन्तव्य राखेका थिए

लक्ष्मीप्रसाद बास्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिहरुलाई सल्लाहकार तुलसीराम बास्कोटाले स्वागत गरेका थिए भने सचिव दिनेश बास्कोटाले कार्यक्रम सञ्चालन गरेका थिए

सम्बन्धित समाचार