सशस्त्र प्रहरीको एसपीको सरुवा, झापामा राई, प्रसाई, सुबेदी र खड्का आउने
बिर्तामोड । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले एकैपटक १ सय जना सशस्त्र प्रहरी उपरीक्षकको सरुवा गरेको छ । बिहीबार प्रकाशित सुचना अनुसार झापाका चारै जना एसपीको सरुवा भएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालको सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय काठमाडौमा सरुवा भएको छ भने उनको ठाउँमा एपीएफ कमाण्ड तथा स्टाफ कलेज काठमाण्डौबाट कबिन्द्र राई आउने भएका छन् ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालय झापामा प्राविधिक तालिम शिक्षालय काठमाण्डौबाट प्रेम प्रसाई र नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट लोकेन्द्र सुबेदी आउने भएका छन् । यहाँ कार्यरत गुणराज न्यौपानेको प्रधान कार्यालय भण्डार शाखामा सरुवा भएको छ ।
सप्रबल नेपाल नं. ३८ रिजर्भ गण हे.क्वा. लखनपुर झापामा सप्रबल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट निवनकुमार खड्का आउने भएका छन् भने यहाँ कार्यरत महेश केसीको प्रधान कार्यालय मानव श्रोत विभागमा सरुवा भएको छ ।