२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोड कृषि उपज बजारको निर्वाचन फेरि स्थगित

sajilo news
परिवेश मिडिया
२०८० माघ २४ गते , बुधबार
बिर्तामोड कृषि उपज बजारको निर्वाचन फेरि स्थगित

बिर्तामोड । कृषि उपज बजार व्यवस्थापन समिति बिर्तामोडको निर्वाचन फेरि स्थगित भएकोे छ ।
यस अघि दुई पटक स्थगित भइसकेको निर्वाचन आज हुने भनिएको थियो । निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृतले सूचना जारी गरी आजको निर्वाचन पनि स्थगित गरिएको जनाएका छन् ।
समितिका अध्यक्ष कमलप्रसाद पौडेलको अध्यक्षतामा आज बिहान बसेको बैठकमा सरोकारवालाहरुबीच छलफल गराउँदा मतदान गराउन सहमति जुट्न नसकेकाले हाललाई सो मतदान स्थगित गरिएको सूचनामा जनाइएको छ । योसँगै तेस्रो पटक निर्वाचन स्थगित भएको हो । यसअघि शनिवार स्थगित भएर आइतवार सुचारु गरिएको निर्वाचन सोमवार फेरि विवाद भएर बिथोलिएको थियो । अर्जुनधारा नगरपालिकाले सिफारिस गरी पठाएको किसान प्रतिनिधिमा विवाद भएको थियो । अर्जुनधारा नगरपालिकाले पाँच जनामध्ये राजेन्द्र काफ्ले नामका व्यक्तिलाई पनि किसान प्रतिनिधिको रुपमा सिफारिस गरी पठाएको थियो । राजेन्द्र काफ्ले नामका व्यक्तिले मतदान गरिसकेपछि त्यही नामका अर्का व्यक्तिले आफूले मतदान गर्न पाउनु पर्छ भनेपछि विवाद भएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष पौडेलले बताए । ४० जना मतदातामध्ये २६ जनाले मतदान गरिसकेपछि सक्कली नक्कली मतदातामा विवाद भएको थियो ।

सम्बन्धित समाचार