२०८३ बैशाख २० गते , आईतबार
बुधबार अर्जुनधारामा शोक विदा
बिर्तामोड । माघ २४ गते बुधबारलाई अर्जुनधारा नगरपालिकाले शोक विदा दिएको छ । संविधानसभा सदस्य तथा पूर्व सामान्य प्रशासनमन्त्रीसमेत रहेका केशवकुमार बुढाथोकीको निधनप्रति दुख व्यक्त गर्दै बुधबारलाई शोक विदा दिने घोषणा गरेको हो ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ८ निवासी बुढाथोकी तत्कालिन शनिश्चरे गाउँ पञ्चायतका प्रधानपञ्चसमेत रहेकाले उनको निधनमा पालिकाले शोक विदा दिने निर्णय गरेको हो । मंगलबार एक सूचना जारी गर्दै अर्जुनधाराले स्वास्थ्य संस्थाको आकस्मिक सेवा बाहेक अन्य पालिका अन्तर्गतका निकायहरुमा शोक विदा दिएको जनाएको छ ।
केहि बर्षदेखि प्रोष्टेट क्यान्सरबाट पीडित कांग्रेस नेता बुढाथोकीको उपचारको क्रममा मंगलबार राति ११ बजे बिराटनगरस्थित बिराट मेडिकल कलेजमा निधन भएको थियो । उनको बुधबार कनकाई माईमा दाहसंस्कार गरिएको छ ।
