२०८३ बैशाख २० गते , आईतबार

जयनारायण ढुंगानाले दिए पत्रकार उपचार कोषलाई ३ लाख ५१ हजार

sajilo news
परिवेश मिडिया
२०८० माघ २३ गते , मंगलबार
जयनारायण ढुंगानाले दिए पत्रकार उपचार कोषलाई ३ लाख ५१ हजार

बिर्तामोड शिक्षासेवी तथा सामाजिक व्यक्तित्व जयनारायण ढुंगाना अञ्जना ढुंगानाले पत्रकार सहारा उपचार कोषलाई तीन लाख एकाउन्न हजार रुपैयाँ सहयोग प्रदान गरेका छन्

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा  ढुंगाना दम्पत्तिले मंगलबार उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई प्रदान गरे

कोषमा सहयोग गर्ने दाताहरुमध्ये व्यक्तिगततर्फ ढुंगानाको सहयोग अंक सबैभन्दा बढी हो

ढुंगानाले पत्रकारको सामाजिक सुरक्षा दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने  पत्रकारहरुलाई घाइते विरामी हुँदा कोषको ब्याजबाट उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गरे

झापाली पत्रकारको सामाजिक सुरक्षा दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै ढुंगानाले प्रशंसा गरेका छन् झापा बिर्तामोड का स्थायी बासिन्दा ढुंगाना कनकाई एजुकेशन फाउण्डेशन श्रीजय ड्रिमल्याण्ड पार्कका संस्थापक हुन्

ढुंगानाले शैक्षिक, सामाजिक, मानवीय धार्मिक क्षेत्रमा विगतदेखि नै योगदान गर्दै आएका छन्

महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा ढुंगाना दम्पत्तिलाई खादा पहिर्याएर धन्यवाद ज्ञापन गरे

कार्यक्रमको सहजीकरण महासंघका उपाध्यक्ष केशव भट्टराईले गरेका थिए

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषको रकम लक्ष्य अनुसार दाताहरुकै सहयोगबाट एक करोड रुपैयाँ पुग्न लागेको   कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको कोषमा एक करोड रुपैयाँ पुग्न लागेकाले आवश्यक रकम जम्मा भएपछि महासंघले सो को घोषणा तथा दाताहरुलाई सम्मान गर्ने जनाएको

सम्बन्धित समाचार