२०८३ बैशाख २० गते , आईतबार

कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

sajilo news
परिवेश मिडिया
२०८० माघ २३ गते , मंगलबार
कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

झापा नेपाली कांग्रेसले नेता केशवकुमार बुढाथोकीको निधनमा तीन दिन पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको मंगलबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले माघ २३, २४ २५ गतेसम्म केन्द्र, प्रदेश सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने  निर्णय गरेको हो

यस्तै कांग्रेसले पार्टीका पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गरेको कांग्रेसले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए   उनका अनुसार स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने

स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गरिने उनको भनाइ माघ १३ गतेदेखि जारी कांग्रेसकोसमुदायमा कांग्रेस अभियान पनि स्थगित भएको कांग्रेस केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासनमन्त्री बुढाथोकीको विराटनगर स्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा माघ २२ गते निधन भएको थियो

स्वर्गीय बुढाथोकीले कांग्रेसको संगठन निर्माण नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको उहाँको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ उहाँको निधनबाट नेपाली कांग्रेस मर्माहत स्तब्ध भएको ,’ विज्ञप्तिमा भनिएको बुढाथोकीको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति कांग्रेसले समवेदना प्रकट गरेको

 

सम्बन्धित समाचार