२०८३ बैशाख २० गते , आईतबार

स्थापना दिवसको अवसरमा प्रेस चौतारीले उपेक्षितलाई सम्मान गर्ने

sajilo news
परिवेश मिडिया
२०८० माघ २१ गते , आईतबार
स्थापना दिवसको अवसरमा प्रेस चौतारीले उपेक्षितलाई सम्मान गर्ने

बिर्तामोड प्रेस चौतारी झापाले पूर्व अध्यक्ष तोयानाथ दाहालउपेक्षित लाई सम्मान गर्ने भएको संगठनको २६ औं स्थापना दिवसको अवसरमा झापा गौरादह कोहवराका उपेक्षितलाई सम्मान गर्न लागिएको अध्यक्ष मनकुमार गदालले जानकारी दिए

प्रेस चौतारी झापाले माघ २२ गते बिर्तामोड स्थित शहीद नेत्र पार्कमा स्थापना दिवसको अवसर पारेर पूर्व अध्यक्ष उपेक्षितलाई सम्मान गर्ने जानकारी दिएको हो उपेक्षित प्रेस चौतारी झापाका दोस्रो अध्यक्ष हुन् संस्थापक अध्यक्ष नेत्र पाठकलाई २५ औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको थियो स्थापना दिवसमा चौतारीले पूर्व अध्यक्षहरुलाई सम्मान गर्दै आएको

बिर्तामोडको नयाँ पर्यटकीय गन्तव्य नेत्र पार्कमा चौतारीले स्थापना दिवसको अवसर पारेर झापाली पत्रकारहरुको निशुल्क आँखा जाँच समेत गर्ने भएको बिर्तामोडस्थित बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुको आँखा जाँच गरिने आयोजकले जनाएकोछ

वनभोजसहित आयोजना गरिएको स्थापना दिवसमा पत्रकारहरुबीच मनोरञ्जनात्क कार्यक्रमहरु समेत राखिएको कार्यक्रम संयोजक प्रदीप परियारले जानकारी दिए उनका अनुसार प्रेस चौतारीको स्थापना दिवसमा झापामा सबै सञ्चारकर्मीहरुलाई निमन्त्रणा गरिएको

सम्बन्धित समाचार