२०८२ जेष्ठ ३२ गते , शनिबार

स्वप्निका र हिमाद्रीले जिते लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधि

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र १० गते , आईतबार
स्वप्निका र हिमाद्रीले जिते लिटल प्रिन्स एण्ड प्रिन्सेसको उपाधि

बिर्तामोड । ‘द लिटल प्रिन्स एण्ड प्रिन्सेस–२०२५’ च्याप्टर–२ को उपाधि स्वप्निका बुढाथोकी र हिमाद्री शिवाकोटीले जितेका छन् । सिनियरतर्फ बुढाथोकी र जुनियरतर्फको उपाधि शिवाकोटीले जितेका हुन ।
बालबालिकाको क्षमता विकास र अभिवृद्धि गर्दै उनीहरुको प्रतिभा उजागर गर्ने उद्धेश्यले ग्ल्यामरस नेपालले प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा सिनियर तर्फको फष्ट रनरअप प्रियङ्का संग्रौला र सेकेण्ड रनरअपको उपाधि आशिका दाहाल र सितल राईले हात पारेका छन्।
त्यस्तै जुनियरतर्फ निशेषमा लिम्बू फष्ट रनरअप भइन् भने आरध्या बाँस्कोटा र कृष्टल लिम्बू सेकेण्ड रनरअप घोषित भए ।
प्रतियोगितामा प्रि–जुनियरतर्फ प्रभना बस्नेतले उपाधि हात पारिन् । प्राप्ति लिम्बू फष्ट रनरअप हुँदा आइना लिम्बू र अन्सु मगर सेकेण्ड रनरअप घोषित भए ।
प्रतियोगितामा प्रिन्सतर्फ आरध्य भण्डारीले उपाधि हात पारेका छन भने श्री विष्ट फष्ट रनरअप घोषित भए ।
प्रतियोगितामा सोसल मल्टिमिडियाको अवार्ड स्वप्निका  बुढाथोकीले जितिन् भने अडियन्स च्वाईज अवार्डको उपाधि अन्सु मगरले हात पारिन् ।
कविता जोयल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य सुधिरकुमार शिवकोटीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, बिर्तामोड नगरपाालिका–३ का अध्यक्ष मदन बुढाथोकी, जुनु विमली लगायतको आतिथ्य रहेको थियो । प्रतियोगितामा आशा बाँनिया उप्रेती, रुसा सुवेदी क्षेत्री, जुनु विमली र दिक्षा क्षेत्री निर्णायकको रुपमा रहेका थिए ।
गत फागुन १० गतेको अडिसनमा ६३ जना सहभागि भएका थिए भने १४ जना बालबालिका बन्द प्रशिक्षणमा सहभागी भएको जनाइएको छ ।

सम्बन्धित समाचार