२०८३ बैशाख १९ गते , शनिबार

प्रेस सेन्टर झापाको अधिवेशन फागुन १३ गते हुने

sajilo news
परिवेश मिडिया
२०७९ फाल्गुन ९ गते , मंगलबार
प्रेस सेन्टर झापाको अधिवेशन फागुन १३ गते हुने

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय भएको छ । आज बसेको सेन्टरको जिल्ला समितिको बैठकले उक्त निर्णय गरेको हो ।
फागुनभित्र सबै जिल्ला समितिको अधिवेशन गर्ने केन्द्रिय सर्कुलर अनुसार १३ गतेलाई झापाको अधिवेशन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष झुलन रेग्मीले जानकारी दिए । यो अधिवेशनबाट नयाँ नेतृत्वसमेत चयन हुने उनले बताए । आजको बैठकले अधिवेशन कनकाईस्थित सुकेडाँगी सामुदायिक वनको हलमा गर्ने निर्णय भएको जिल्ला सचिव उद्धव पुरीले जानकारी दिए ।
जिल्ला अध्यक्ष रेग्मीको अध्यक्षतामा बसेको बैठकमा  केन्द्रीय सचिव बिमल लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा केन्द्रिय सदस्य लिलाराज झापाली, प्रदेश महासचिव सुजन तिम्सिना, सचिव चिरञ्जीवी घिमिरे, सदस्यहरु राजु पाठक, आइपी भट्टराईसहित जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार