२०८३ बैशाख २३ गते , बुधबार
सुनको मूल्यमा प्रति तोला ५ हजार रुपैँया बढ्यो
बिर्तामोड । नेपाली बजारमा सुन र चाँदीमा भारि वृद्धि भएको छ । यस दिन सुन प्रतितोला पाँच हजार ८०० रुपैयाँ र चाँदी तोलामा १७५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस दिन चाँदी प्रतितोला पाँच हजार ५५ रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला चार हजार ८ सय ८० रुपैयाँ खरिदबिक्री भएको थियो ।