२०८२ माघ २८ गते , बुधबार

मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको उपाधि प्रथम गुरुङ र रिस्ता गुरुङलाई

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र ७ गते , शनिबार
मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको उपाधि प्रथम गुरुङ र रिस्ता गुरुङलाई

बिर्तामोड इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा सञ्चालित मेरो भ्वाइस मेरो डान्स युनिभर्स सिजन टुको उपाधि प्रथम गुरुङ रिस्ता गुरुङले जितेका छन्

मेरो भ्वाइस युनिभर्स तर्फ प्रथम गुरुङ डान्सतर्फ रिस्ता गुरुङले उपाधि उचालेका हुन् उनीहरुले जनही नगद करोड, २५ लाख रुपैँयाको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट सुरक्षित जीवन बीमा पोलिसी नेपाल एयरलाइन्सको तर्फबाट वटा अन्तर्राष्ट्रिय टिकट प्राप्त गरेका छन्

त्यस्तै  भ्वाइस तर्फ टोपराज तामाङ डान्स तर्फ अमृता राई फर्स्ट रनर अप बनेका छन् उनीहरुले जनही नगद २५ लाख सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट २० लाखको सुरक्षित जीवन बीमा पोलिसी प्राप्त गरेका छन् त्यस्तै नेपाल एयरलाइन्सको तर्फबाट वटा अन्तर्राष्ट्रिय टिकट प्राप्त गरेका छन्

भ्वाइस तर्फ जुनु प्रसाई डान्स तर्फ सितु महर्जन सेकेण्ड रनर अप बन्न सफल भएका छन् उनीहरुले नगद १० लाख सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट १५ लाखको सुरक्षित जीवन बीमा पोलिसी प्राप्त गरेका छन् त्यस्तै नेपाल एयरलाइन्सको तर्फबाट वटा अन्तर्राष्ट्रिय टिकट प्राप्त गरेका छन्

त्यस्तै थर्ड रनर अप भ्वाइस तर्फ वाङ्गे गुरुङ डान्स तर्फ सुरज सिंजाली मगर बनेका छन् उनीहरुले नगद लाख सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट १० लाखको सुरक्षित जीवन बीमा पोलिसी प्राप्त गरेका छन्

त्यस्तै फोर्थ रनर अप भ्वाइस तर्फ झापाली प्रशान्त पोख्रेल डान्स तर्फ झापाली सुसना कोइराला बनेका छन् उनीहरुले नगद लाखसहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट १० लाखको सुरक्षित जीवन बीमा पोलिसी प्राप्त गरेका छन्

मेरो भ्वाइस सिजन टुको फिफ्थ रनर अप दिपराज राई मेरो डान्स तर्फ साजन पाख्रिन तामाङ बनेका छन् उनीहरुले नगद लाखसहित सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट १० लाखको सुरक्षित जीवन बीमा पोलिसी प्राप्त गरेका छन्

विजेताहरुलाई फाउण्डेशनका अधिकारी डिल्ली अधिकारी, प्रतिनिधी सभाका सभामुख देवराज घिमिरे, गृह मन्त्री रमेश लेखक, सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ ,ललितपुरका मेयर चिरिबाबु महर्जनलगायतले पुरस्कार वितरण गरेका थिए

 

 

 

 

 

सम्बन्धित समाचार