२०८२ जेष्ठ ३२ गते , शनिबार

दिनेश भारतीलाई भोट गरिदिन नेपाल दशनामी समाजको आग्रह

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन ४ गते , आईतबार
दिनेश भारतीलाई भोट गरिदिन नेपाल दशनामी समाजको आग्रह

झापा । ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन’ ६ को फाइनल राउण्डमा प्रवेश गरेका दिनेश भारतीलाई भोट गरिदिन नेपाल दशनामी समाजले आग्रह गरेको छ । 
कोशी प्रदेशकै सवै भन्दा ठूलो गायन रियालिटी शो ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन ६’  को टप ५ अर्थात फाइनल राउण्डमा पुगेका भारतीलाई भोट गरेर बिजेता बनाउन समाजका तीनै तहका अध्यक्षले आग्रह गरेका हुन् । 
नेपाल दशनामी समाज बिर्तामोड नगरसमितिद्धारा शनिवार अर्जुनधारास्थित सालवारी झीलमा आयोजित बन भोज कार्यक्रममा वक्ताहरुले दिनेश दशनामीहरुका प्रतिभा भएकाले उनलाई बिजेता बनाउन साथ सहयोगसँगै भोट गरिदिन आग्रह गरेका छन् । 
समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरीको प्रमुख आतिथ्य तथा केन्द्रिय संरक्षक भरतलाल गिरीको बिशिष्ठ आतिथ्य रहेको थियो । सोही अवसरमा गायक दिनेशलाई भोटिङ सहयोगका लागि समाजका केन्द्रिय सल्लाहकार तथा झापा कोषाध्यक्ष बालकृष्ण गिरी, झापा उपाध्यक्ष सन्तोष गिरी, सामाजिक ब्यक्तित्व राजु गिरी र कमल गिरीले जनही ५ हजार रुपैयाँको टिकट खरिद गरेका थिए भने अन्य दशनामी बन्धुहरुले पनि टिकट खरिद गरिदिएका थिए । 
समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रममा समाजका पदाधिकारी तथा सदस्यको परिचय सचिव प्रजित पुरीले गराएका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा समाजका केन्द्रिय अध्यक्ष गोबिन्दबिक्रम गिरी, केन्द्रिय संरक्षक भरतलाल गिरी, कोशी प्रदेश पूर्व अध्यक्ष चन्द्रप्रसाद गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश) लगायतले देशभरका दशनामी बन्धुहरुले दिनेशलाई साथ सहयोग र भोटिङ गरेर उनलाई जिताउन आग्रह गर्दै जितको शुभकामना दिएका थिए । 
गायक दिनेशले गायन प्रस्तुत गर्दै उपस्थित सवैलाई नचाएका थिए । उनले गायन क्षेत्रमा योगदानको चर्चा गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।कार्यक्रमको समापन समाजका बिर्तामोड नगर बरिष्ठ उपाध्यक्ष खेमराज गिरीले गरेको कार्यक्रमको सहजीकरण समाजका बिर्तामोड नगर प्रेस सल्लाहकार उद्धव पुरीले गरेका थिए । 
फाइनल राउण्ड अर्थात टप ५ मा पर्न सफल पाँचथरको याङवरक गाउँपालिका–६ का दिनेश भारतीलाई  भोट गरिदिन भारती बन्धु एकता समाजले पनि आग्रह गर्दै आएको छ । 
गत भदौ महिनाको पहिलो हप्ताबाट शुरु भएको गायन रियालिटी शोमा कोशी प्रदेशका १४ सहित १७ जिल्लाका ५७० जनावढी प्रतियोगीहरुले सहभागीता जनाएका थिए । प्रतिस्पर्धीहरुलाई पछि पार्दै भारती टप ४५०, ३००, २००, १५०, ७५  हुँदै टप ४० सँगै भोटिङ राउण्डमा प्रवेश गरेका थिए । हाल फाइनल राउण्डमा प्रवेश उनलाई भोटीङ गर्न चाहानेले यहाँ दिइएको क्यूआरलाई स्क्यान गरेर गर्न सकिनेछ । 
दिनेशले १५ बर्षअघिदेखि गायन क्षेत्रलाई निरन्तरता दिदै आएको बताए ।  ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन’ ६ को ग्राण्ड फिनाले फागुन महिना भित्रमा धनकुटाको टुडिखेलमा हुने बताइको छ । उक्त गायन रियालिटी शोमा विश्वभरका नेपाली बरिष्ठ गायक तथा संगीतकार, राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने बताइएको छ ।

सम्बन्धित समाचार