२०८१ माघ २९ गते , मंगलबार

रवि लामिछाने ६० लाख धरौटीमा छुटे

sajilo news
परिवेश मिडिया
२०८१ माघ २ गते , बुधबार
रवि लामिछाने ६० लाख धरौटीमा छुटे

झापा सहकारी ठगी लगायतका मुद्दामा गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् लामिछानेले जिल्ला अदालत काठमाण्डौमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन्

काठमाण्डौ जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले लामिछानेले धरौटीबापत बैंक ग्यारेन्टी पेस गरेको जानकारी दिए बैंक ग्यारेन्टी बुझाएर लामिछाने रिहा भएका हुन्

जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको थियो लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश दिएको हो

काठमाण्डौ कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको मुद्दामा लामिछानेलाई धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो गत आइतबार अदालतमा उपस्थित भएका लामिछानेको यसबीचमा बयान थुनछेक बहस भएको थियो

सम्बन्धित समाचार