२०८२ जेष्ठ १२ गते , आईतबार

आठराईसहित नौ स्थानीय तहले अझै बजेट पेस गर्न सकेनन्

sajilo news
परिवेश मिडिया
२०८० मंसीर १९ गते , मंगलबार
आठराईसहित नौ स्थानीय तहले अझै बजेट पेस गर्न सकेनन्

बिर्तामोड देशभरका सय ५३ वटा स्थानीय तहमध्ये नौ वटाले अझैसम्म बजेट पेस गर्न सकेका छैनन् बजेट पेस गर्न नसक्ने अधिकांश स्थानीय तह मधेस प्रदेशका छन्

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका वटा कोशी प्रदेशको एउटा स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस नगरेका हुन् असार १० गते कार्यपालिकामा बजेट पेस गर्नुपर्ने असार मसान्तभित्र पारित गरिसक्नुपर्ने प्रावधान तर, मंसिरको दोस्रो हप्ता कटिसक्दा पनि स्थानीय तहले बजेट पेस गरेका छैनन्

मन्त्रालयका अनुसार सप्तरीस्थित रुपनी गाउँपालिका, सिराहाको औरही गाउँपालिका, धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका, रौतहटको गढीमाई नगरपालिका, रौतहटकै फतुवा विजयपुर नगरपालिका कोशी प्रदेशको तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले वार्षिक बजेट नगरेका हुन्

मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल भट्टराईका अनुसार बजेट समयमै पेस नगर्ने स्थानीय तहलाई के कारबाही गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था नभएकाले समस्या पैदा भएको उनले भने, ‘संघ प्रदेशले समयमा बजेट नल्याउँदा सरकारको कार्यक्षमतामाथि प्रश्न उठ्छ तर, स्थानीय तहले बजेट नल्याउँदा कारबाही गर्ने कुनै स्पष्ट कानुनी व्यवस्था छैन यसलाई हदैसम्मको लापरबाहीसम्म भन्न मिल्छ

बजेट नल्याउँदा सम्बन्धित स्थानीय तहमा थुप्रै बेरुजु देखिन्छ महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन बनाउँदा बेरुजु देखाएपछि अख्तियारले केही स्थानीय तहलाई कारबाही गरेको उदाहरण छन्

 

सम्बन्धित समाचार