२०८० जेष्ठ १६ गते , मंगलबार

प्रकाशकीय

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २१ गते , विहीबार
प्रकाशकीय

तथ्यमा आधारित, पठनीय भाषा शैली एवम छिटो छरितो सूचना प्रकाशन प्रशारण गर्ने मुल ध्येयका साथ हामी परिवेश मिडिया डट कम न्युज पोर्टल लिएर देश बिदेशका नेपाली पाठकमाझ आएका छौं

आम मानिसको प्रविधिप्रतिको बढ्दो चाख समय समयमा हुने प्राकृतिक विपत्तिहरुमा समेत पाठकहरुको सुसूचित हुने अधिकारको सम्मान गर्दै अनलाइनको माध्यमबाट पाठक माझ समाचार तथा सूचनाहरु पु¥याउने उद्धेश्यबाट हामी अगाडी बढेका हौँ शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अन्य सबै क्षेत्र, वर्ग, लिङ्ग, धर्म आदि सबै समाचारहरुलाई ससम्मान सम्प्रेषण गर्ने तर्फ हामी कृयाशिल रहने छौँ सामूहिक प्रयासबाट संस्थाको दीगो प्रभावकारी विकास हुने ठहर गर्दै सबै प्रकारका कानुनी प्रकृया पुरा गरि परिवेश डिजिटल मिडिया प्रालि मातहत ०७८ सालको घटस्थापनाका दिन यो अनलाइन पत्रिका बिधिवत संचालनको अवस्थामा आइपुगेको खुसी सम्पूर्ण शुभेच्छुकहरुलाई बाँड्न चाहन्छौ

मुलुक संघीय राजनीतिक ब्यवस्थामा फेरिएको हामी प्रदेश नम्बर को झापाबाट सम्पुर्ण प्रदेश एकलाई केन्द्रबिन्दु बनाउँदै सूचना प्रकाशन प्रशारणका गतिबिधिमा सकृय हुनु बान्छनीय हुने निश्कर्षमा पनि पुगेका छौ जिल्लाबाटै सहकर्मीहरुले दर्जनौँं अनलाइन पत्रिका संचालन गर्दै आएको हामीलाइ विदितै उहाँहरुसँग सहकार्य एवम् स्वस्थ्य प्रतिस्पर्धा गर्दै उत्कृष्ट अनलाइन न्यूज पोर्टलमा दरिने हाम्रो कोसिस हुने यो प्रयासलाई स्वभाविक रुपमा लिइनेछ भन्ने हामीलाई विश्वास

कुनै पनि समाचार संस्थाको सफलताको आधार त्यसका नियमित स्रोता या पाठकनै हुन नागरिकसँग सूचनाको अधिकार अकुन्ठित भन्ने संबिधानमै उल्लेखित बिषय हो यसलाइ समेत ध्यानमा राखेर यो अनलाइन पत्रिका पाठकको सूचनाप्रतिको जागरुकता तथा मनोरन्जनका बिषय समेतलाई प्राथमिकतामा पारेर प्रकाशन हुने मुलुकबासीको चेतना जागृत गराउने अभियानमा हाम्रो प्रयासले थोरै मात्र योगदान पुग्न गयो भने हाम्रालागि त्यो भन्दा खुसिको अर्को बिषय हुने छैन हाम्रो संस्थामा आबद्ध सबै यसै दिशा निर्देश अनुरुप सकृय हुनुहुनेछ

सञ्चारमाध्यम संचालनमा आर्थिक पाटो बिशेष महत्वको अनलाइन पत्रिकालाई कानुनले तोके बमोजिमको बिज्ञापन उपलब्ध गराइ आर्थिक पाटोमा हामीलाइ समर्थ हुन सहयोगका लागि उद्योगी, ब्यवसायी, सामाजिक संघसस्था एवम् सरकारी निकायहरुमा विशेष आग्रह गर्न चाहन्छौँ आर्थिक आत्मानिर्भरताले अनलाइनको गुणस्तर सुधारमा महत्वपुर्ण टेवा पु¥याउँछ  यीनै शब्दहरुका साथ अनलाइन न्यूज पोर्टलको औपचारिक शुभारम्भ गरेका छौँ

सम्पुर्ण नेपालीहरुमा  विजया दशमीको मंगलमय शुभकामना

                                                                                                             


                                                                                                                                                                                 

प्रकाशक

                                                                                गंगा तिम्सिना

 

सम्बन्धित समाचार