सरकारले ल्यायो दल फुटाउने अध्यादेश
एमालेले भन्यो–सरकारको योजना निन्दनीय र अस्वीकार्य, विभाजनकारी योजनाको कडा विरोध

काठमाण्डौ । सरकारले दल
विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको
मन्त्रिपरिषद् बैठकले
केन्द्रीय समिति
वा
संसदीय
दलमा
२०
प्रतिशत संख्या
पुर्याएर दल
विभाजन
गर्न
सकिने
गरी
राजनीतिक दल
विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो
।
यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा
दल
विभाजनका लागि
केन्द्रीय समिति
र संसदीय दलमा ४०
प्रतिशत संख्या
अनिवार्य हुने
उल्लेख
थियो
। यो ऐनलाई संशोधन
गर्न
ल्याइएको अध्यादेशमा केन्द्रीय समिति
वा
संसदीय
दलमा
२०
प्रतिशत संख्या
भए
दल
विभाजनले मान्यता पाउने
व्यवस्था गरिएको
छ ।
एमालेद्वारा विरोध
सरकारले ल्याएको यो अध्यादेशले माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई समेत राहत मिल्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको योजना निन्दनीय र अस्वीकार्य भएको बताएको छ ।
सरकारले दल
विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको प्रति
नेकपा एमालेले गम्भीर
आपत्ति जनाएको छ
। एमाले स्थायी
कमिटीको मंगलबार बसेको स्थायी कमिटी
बैठकले अध्यादेश ल्याउने सरकारले योजना
निन्दनीय र
अस्वीकार्य भएको
ठहर गरेको हो
।
बैठकपछि एमाले
प्रवक्ता प्रदीप
ज्ञवालीले सरकारको विभाजनकारी योजनाको आफूहरुको गम्भीर
विरोध
रहेको
बताए
।
उनले
सरकारको योजनाको खबरदारी गर्दै
सशक्त
प्रतिवाद गर्ने
निर्णय
गरेको
बताए
।
एमालेले एकताको
पक्षमा
लाग्न
पार्टी
नेता
कार्यकर्तालाई आह्वान
समेत
गरेको
छ
।
त्यसो त
दल
विभाजनसम्बन्धी केन्द्रीय कमिटी
र
संसदीय
दलमा
४०
प्रतिशत पुग्नुपर्ने प्रावधानलाई सच्याउँदै यसअघि
केपी
ओलीकै
सरकारले अध्यादेश तयार
पारेको
थियो
।
तर, चर्को
जनदबाबमा कारण
ओलीका
पालामा
अघि
बढाइएको अध्यादेश फिर्ता
गर्न
ओली
सरकार
बाध्य
बनेको
थियो
।
अहिले
पूर्ववर्ती ओली
सरकारले तयार
पारेको
त्यही
विवादास्पद अध्यादेशलाई नै
देउवा
सरकारले अघि
बढाउन
लागेको
हो
।